June 21, 2021, Monday
२०७८ असार ८
1:37:26 pm

महिलाहरु अघि बढ्दा के सम्भव छैन र ? एउटा यस्तै नमुनायोग्य काम

1.1K

–शरद अधिकारी
पाँचथर – गाउँको केही माथिसम्म जाने मोटर बाटो त पहिले पनि बनेकै थियो तर त्यो बाटो सफा नगरी गाडी चलाउन नसकिने र नयाँ ट्रयाक थप्नुपर्ने बजेट प्राप्त भएपछि चुल्हो चौकामा सिमित बनाइएका गाउँले महिलाहरुले हिम्मत गरेर अगाडि बढ्ने सल्लाह गरे । पहिला त यिनीहरुले के गर्न सक्लान् र भनेर खिसीट्युरी गर्नेहरु पनि गाउँमा मनग्गे थिए तर जब ती महिलाहरुले आप्mनो जिम्मेवारी सहज तरिकाले सम्पन्न गरे सबै गाउँलेहरु चकित परे ।

No description available.

यो समाचार पाँचथर जिल्लाको सुदुर उत्तर पूर्वी गाउँ साबिक च्याङ्थापु–४, समरजुङको हो । च्याङ्थापु– सुन्दरपुर–समरजुङ हुँदै तोरीपूmले (भारतसँगको सिमाना) जाने सडकखण्डको पाँच सय मिटर नयाँ ट्रयाक खोल्ने तथा ७०० मिटरजति पुरानो सडकलाई स्तरोन्नतिको लागि एक नम्बर वडा कार्यालय च्याङ्थापुबाट बिनियोजित बजेट रु. ८ लाख र करिब २ लाख बराबर जनश्रमदानको योजना सम्पन्न गर्नुपर्ने विषयमा उपभोक्ता समिति निर्माणार्थ बसेको आम उपभोक्ताहरुको भेलामा समरजुङकै सकृय महिलाहरुले आपसमा सल्लाह गरी आफुहरुलाई कामको जिम्मा दिनका लागि बैठकमा प्रस्ताब राख्दा धेरैले विश्वास नगरेको कुरा समितिकी अध्यक्ष शान्ति राई बताउनुहुन्छ । हामीलाई यो मौका दिनुहोस् हामी सम्पूर्ण उपभोक्ताहरुको चित्त बुझ्ने गरी निर्माण कार्य सम्पन्न गरेर देखाउनेछौँ भने पछि त्यो भेलाले मेरो नेतृत्वमा ७ सदस्यीय सडक निर्माण तथा उपभोक्ता समिति गठन गरिएको कुरा अध्यक्ष राईले नेपाल मामिला डट कमलाई बताउनुभयो ।

No description available.

दैनिक रुपमा गर्नुपर्ने घरायसी काम बाहेक आम उपभोक्ताहरुबाट श्रमदान समेत गराउनु पर्ने योजनाको नाममा बैंक खाता खोल्न, निकासाको रकम लिन, निर्माण सपन्न पश्चात समितिको नामको खाता बन्द गर्न लगायतका कामहरुको लागि थर्पु गइरहनु पर्ने जस्ता कामहरु थप हुँदा केही असजिलो त पक्कै भयो नि तर समाजको अगाडि हामीले जिम्मा लिएको योजनाको काम सफल गर्न समितिमा रहेका हामी सबैजना एक भएर लागिरह्यौँ । हाम्रो नेतृत्वमा सम्पूर्ण उपभोक्ताहरुबाट प्राप्त भएको साथ र हौसलाले गर्दा निर्धारित समयभन्दा अगाडि क्षेत्रकै नमुनाको रुपमा योजना सम्पन्न गरका हौँ । शुरुमा हाम्रो लागि निकै ठूलो चुनौती थियो भन्नुहुन्छ समितिकी सचिब सृजना राई ।

No description available.

हुन त सबैको आ–आप्mनै जिम्मेवारी होलान् तर आर्थिक व्यवस्थापन र यसको पारदर्शिता चाहिँ निकै चुनौतीपूर्ण हुने रहेछ तर पनि हाम्रो समितिले पेश गरेको सम्पूर्ण हिसाब यहाँका उपभोक्ताहरु र सम्बन्धित निकायबाट योजना सम्पन्नको चेकजाँचमा आउनु भएका महानुभावहरु समझदार भएकोले होला योजना फस्र्यौटमा हामीले खासै समस्या व्यहोर्नु नपरेको जानकारी समितिकी कोषाध्यक्ष गंगा शिवाकोटीले हामीलाई बताउनुभयो ।

No description available.

भारतको सिक्किम र पश्चिम बंगालको सिमानामा रहेको याङ्वरक गाउँपालिकाको एक नम्बर वडा च्याङ्थापु सुनौलो भविष्यको पर्खाइमा रहेको छ । केही वर्ष अघि मात्र पुष्पलाल मध्यपहाडी लोकमार्ग मार्पmत राष्ट्रिय स्तरको सडक संजालमा जोडिएको ऐतिहासिक तथा सिमावर्ती यस ठाउँका जनता भारतको सिक्किम सरकारले भरखरै चियाभञ्ज्याङसम्म मोटरबाटो जोडेकोमा असाध्य खुशी छन् भन्नुहुन्छ च्याङ्थापुका वडाध्यक्ष मोहन ढुंगेल । चाँडै नै राष्ट्रिय स्तरमा वार्ता र सम्झौता गरी चियाभञ्ज्याङ नाका खुल्ने कुरामा हामी आशावादी रहेको कुरा समेत वडाध्यक्ष ढुंगेलले बताउनुभयो ।