June 15, 2021, Tuesday
२०७८ असार १
1:37:26 pm

देशभर १८ सय ३१ संक्रमित आईसीयू र भेन्टिलेटरमा

130

काठमाडौं– देशभर हाल १ हजार ८ सय ३१ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा छन्। १ हजार ४ सय ३४ आईसीयू र ३९७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा १९७ आईसीयू र ३५ भेन्टिलेटरमा, प्रदेश २ मा ९० आईसीयू र २२ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ७७१ आईसीयू र २६६ जना भेन्टिलेटरमा छन्। 

गण्डकी प्रदेशमा १२८ जना आईसीयू र ३६ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १७२ जना आईसीयू र २३ जना भेन्टिलेटरमा, कर्णालीमा ४७ जना आईसीयू र १० जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा २९ जना आईसीयू र ५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा ५९६ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा छन्। 
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १८ आईसीयू र ८ भेन्टिलेटरमा, श्री वीरेन्द्र अस्पताल छाउनीमा २० जना आईसीयू र ५ भेन्टिलेटरमा, वीर अस्पतालमा १७ आईसीयू र ५ भेन्टिलेटरमा, राष्ट्रिय ट्रमा सेन्टरमा १० आईसीयू र ६ भेन्टिलेटरमा, नेपाल प्रहरी अस्पतालमा ३० आईसीयू र २० भेन्टिलेटरमा छन्। 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २७ जना आईसीयू र २१ भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा ५१ आईसीयू र ३१ भेन्टिलेटरमा, पाटन अस्पतालमा २२ आईसीयू र १२ भेन्टिलेटरमा छन्।

यस्तै निजामती कर्मचारी अस्पतालमा १५ जना आईसीयू र २ भेन्टिलेटरमा, भक्तपुर अस्पतालमा ५ आईसीयू र २ भेन्टिलेटरमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा ४५ जना आइसोेलेसनमा छन्। 

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा १५ आईसीयू र ५ भेन्टिलेटरमा, ह्याम्स अस्पतालमा १६ जना आईसीयू र १२ जना भेन्टिलेटरमा, नेपाल मेडिसिटी अस्पतालमा ५९ आईसीयू र २५ भेन्टिलेटरमा, स्टार अस्पतालमा ५ आईसीयू र २ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। 

मनमोहन अस्पतालमा २ आईसीयू, नेपाल मेकिडल कलेज शिक्षण अस्पतालमा १७ आईसीयू र ३ भेन्टिलेटरमा, काठमाडौं मेडिकल शिक्षण अस्पतालमा ७ आईसीयू र २ भेन्टिलेटरमा, किस्ट अस्पतालमा १४ आईसीयू र ४ भेन्टिलेटरमा, नेपाल कोरिया मैत्री अस्पतालमा ६ आइसीयु र ४ भेन्टिलेटरमा र धुलिखेल अस्पतालमा ६४ आईसीयू र ७ भेन्टिलेटरमा छन्।