June 15, 2021, Tuesday
२०७८ असार १
1:37:26 pm

सामाजिक कार्यमा कृयाशिल बन्दै ‘च्याङ्थापु फलैंचा सरोकार समाज नेपाल’

1.4K

काठमाडौँ – सामाजिक सेवा गर्ने उद्देश्यले स्थापना भएको संस्था ‘च्याङ्थापु फलैंचा सरोकार समाज नेपाल’ले विभिन्न सामाजिक सेवामा काम गर्दै आएको छ । यो संस्था एक गैर सरकारी संस्था हो । विशेष गरी यस संस्थाले च्याङ्थापु र फलैंचामा विभिन्न सामाजिक कार्य गरेको छ ।

No description available.

संस्थाले सामुदायिक अध्ययन केन्द्र च्याङ्थापुलाई रु. २ लाख बराबरका पुस्तकहरु हस्तान्तरण, फलैंचा निबासी टाउकोको बिरामी श्री जीवन बि.क.लाई रु. १,३६,५२२ नगद सहयोग, फलैंचा निबासी मृगौला पिडित श्री जुनु लक्सम लिम्बुलाई रु. २,०५,५७९ नगद सहयोग, फलैंचा निबासी आगलागि पिडीत श्री फर्सुराम दाहाललाई रु. ३१,४८१ नगद र रु. ४,००० बराबरको कपडा सहयोग, च्याङ्थापु निबासी आगलागि पिडित श्री चन्द्र सिं बेघा लिम्बुलाई रु. ४६,९८३ नगद र रु। ५०० बराबरको कपडा सहयोग, ओयाम घर भई काठ्माण्डौ बसेर पढ्ने विद्यार्थी श्री इङ्वासेन योङ्यालाई रु. ५,३०० नगद सहयोग, च्याङ्थापु निबासी आगलागि पिडित श्री कमल राईलाई रु. १,०१,५२० नगद सहयोग, च्याङ्थापु निबासी एउटा खुट्टा नभएर अपांगता भएकी श्री सरिता तामाङलाई कृतिम खुट्टा लगाउनको लागि रु. १०,००० नगद सहयोग, च्याङ्थापु निबासी जन्मिदै अपांगता भएका श्री अर्जुन शिवाकोटीलाई रु. ८,००० नगद सहयोग, च्याङ्थापु निबासी मृगौला पिडित श्री तिल बहादुर गुरुङलाई रु। ४,१४,७४२ नगद सहयोग, फलैंचा निबासी बिरामी श्री रमादेवी भट्टराईलाई रु. १०,००० नगद सहयोग,

No description available.

फलैंचा निबासी अपांगता भएका श्री मुक्त बहादुर बेघालाई रु. ५,००० नगद सहयोग, फलैंचा निबासी बिरामी श्री भिमलाल बेघा लिम्बुलाई रु. ५,००० नगद सहयोग, च्याङ्थापु र फलैंचाका १६ वटा विद्यालयमा अध्ययनरत १०० जना विद्यार्थीहरुलाई ब्याग, कापी तथा कलम बितरण, च्याङ्थापु र फलैचामा बसोबास गर्ने अति बिपन्न, असहाय, बृद्धबृद्धा, अपांगता भएकाहरु मध्ये ३१ जनालई न्यानो सुरज बितरण, विष्णु मा।वि। च्याङ्थापुको होस्टलमा रहेका २० जना नानीबाबुहरुलाई ज्याकेट बितरण, च्याङ्थापु निबासी श्री कुल बहादुर तामाङको ४ वर्षिय नातीको उपचारको लागि रु. ५,००० सहयोग, च्याङ्थापु र फलैंचामा आयोजित बिभिन्न कार्यक्रमको प्रायोजन स्वरुप रु. २०,००० सहयोग,

No description available.

च्याङ्थापु निबासी बिरामी श्री मेघ बहादुर तामाङलाई रु. २०,००० नगद सहयोग र फलैंचा निबासी मृगौला ट्रान्सप्लान्ट गरी आजीवन औषधि सेवन गरिरहेका श्री राज कुमार मैनालीलाई रु. ८,५८२ बराबरको औषधि हस्तान्तरण लगायतका काम गर्दै समाजलाई सेवा दिईरहेको छ ।

No description available.

संस्थाको आम्दानीको स्रोतमा भने सँस्थाले स्थापना गरेको जन्मोत्सब कोषमा जन्मदिनमा प्राप्त भएको सहयोग, सँस्थाले स्थापना गरेको स्मृति कोषमा आफ्ना दिवंगत आफन्तको सम्झनामा प्राप्त भएको सहयोग, सँस्थाले स्थापना गरेको आपतकालिन राहत कोषमा प्राप्त भएको सहयोग, समय समयमा सँस्थाले चलाएको बिभिन्न अभियानमा प्राप्त भएको सहयोग र सदस्यता बितरण बापत प्राप्त शुल्क रहेको छ ।

No description available.

स्वास्थ्य सिबिर संचालन गर्ने, एम्बुलेन्स खरिद गरी हस्तान्तरण गर्ने, पर्यटन विकास तथा जातिय सँस्कृतिको संरक्षणमा सहयोग गर्ने, स्वास्थ्य सँस्थाहरुलाई आवस्यक सामग्री हस्तान्तरण गर्ने, कृषकहरुलाई सहयोगका कार्यक्रम लैजाने लगायतका काम गर्ने संस्थाको भावि योजना छ ।

No description available.

जन्मोत्सब कोष स्थापनाको अवधारणा सहित आफ्नो जन्मदिनमा रकम जम्मा गरी सहयोग गर्नु हुने फलैंचा हाल झापा निबासी श्री टिका उप्रेती हाल यस सँस्थाको सल्लाहकार हुनुहुन्छ । वहाँको यही सोचले गर्दा आज सँस्थाले यसरी सेवाको काम गरिरहेको छ ।