काठमाडौं– पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण देशका केही स्थानमा सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल प्रदेश १ र कर्णाली प्रदेशमा सामान्य बदली रहेको र बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।
दिउँसो देशका अधिकांश पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ। देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति पनि पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा सामान्यतया मौसम सफा रहने छ।
प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको दाबी छ।