April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

आज कोरोना संक्रमणबाट १०१ जनाको मृत्यु, ६६५३ संक्रमित, निको हुनेको संख्या बढ्यो

4.5K

काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोनाका ६६५३ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १४,१८२ पिसीआर र ६६३१ ऐन्टिजेन गरी २०,८१३ नमुना परीक्षणमा ६६५३ जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा १८८, ललितपुरमा २९९ र काठमाडौंमा ८९७ जना गरी उपत्यकामा जम्मा १३८४ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा आज कोरोना संक्रमति हुनेको संख्या झण्डै ८ सयले घटेको छ । आज थपिएका ६६५३ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी ८६६३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ८६६३ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४ लाख ७६ हजार १३० पुगेको छ । हालसम्म मुक्त हुनेको यो दर ८१.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

Advertisement

त्यसैगरी पछिल्लो २४ घण्टामा १०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका १०१ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ७७३१ पुगेको छ ।

त्यसैगरी हाल देशैभरी ९७ हजार ६९९ जना सक्रिय सक्रमित रहेका छन् । ती मध्ये देशैभरीका संस्थागत आइसोलेशनमा ६,८०७ जना र होम आइसोलेशनमा ९० हजार ८९२ जना रहेका छन् ।

मन्त्रालयका अनुसार हाल देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १४२२ जना र भेन्टिलेटरमा ४०४ जना उपचाररत छन् । बिहीबारको तुलनामा आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्यामा केही वृद्दि भएको छ । साथै क्वारेन्टिनमा रहनेको संख्या ७५५ रहेको छ ।

नेपालमा हालसम्म पिसीआर प्रविधिबाट ३१ लाख २१ हजार १२० वटा नमुना परीक्षण गरिएको छ ।