April 14, 2026, Tuesday
२०८३ बैशाख १
1:37:26 pm

कोरोना संक्रमणबाट बागलुङमा डेढ महिनामा ३३ जनाको मृत्यु

5.1K

बागलुङ- कोरोनाको दोस्रो भेरियन्टका कारण बागलुङमा कोरोना सङ्क्रमण र मृत्युदरसमेत गत वर्षको तुलनामा तेब्बरले बढेको छ। बागलुङको पछिल्लो तथ्याङ्कअनुसार डेढ महिनाको अवधिमा ३३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। गत वर्षको कोरोनाको पहिलो लहरमा ११ जनाको मृत्यु भएको थियो।

पहिलो लहरभन्दा दोस्रोमा बागलुङ निकै तीब्र गतिमा सङ्क्रमण र मृत्युदर बढेको धौलागिरि अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेण्ट डा शैलेन्द्र बिक पोखरेलले जानकारी दिए। “पहिलो लहरभन्दा निकै खतरा रहेको भन्ने कुरा विश्व स्वास्थ्य सङ्गठनले नै भनिसकेको छ। धौलागिरिका चार जिल्लामध्ये पनि बागलुङमा मृत्युदर बढेको छ” डा पोखरेलले भन्नुभयो, “कोरोना सङ्क्रमण बढ्दै गएपनि जटिल अवस्थाका बिरामी केही मात्रामा केही दिन यता घटेको देखिएको छ, अझै सचेतना अपनाउन जरुरी छ।”

mostbet

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जिल्लामा सङ्क्रमणको दर अझै नियन्त्रणमा नआएको बताए। जिल्लामा निषेधाज्ञा, सचेतना, परीक्षण र उपचार प्रभावकारी रुपमा गर्दा समेत सङ्क्रमणको दर नघट्दा निषेधाज्ञा लम्ब्याउनु पर्ने अवस्था रहेको प्रजिअ कार्कीको भनाइ थियो। जिल्लामा स्थानीय तह र नागरिक आफैं जागरुक नभएसम्म कोरोना सङ्क्रमण नियन्त्रण नहुने कार्कीको भनाइ छ।

Advertisement

अहिले जिल्लामा एक हजार ७० जना सक्रिय सङ्क्रमित पुगेको छ। यो सङ्ख्या जिल्लामा संक्रिय सङ्क्रमित अहिलेसम्मकै उच्च रहेको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए। जिल्लामा पछिल्लो समय निषेधाज्ञासमेत उल्लङ्घन भइरहेकाले कारण कोरोना सङ्क्रमण नघटेको नागरिकको गुनासो छ। बागलुङमा कोरोना सङ्क्रमण मुक्त हुनेको दर ७२ प्रतिशत रहेको छ।