काठमाडौं- कोरोना संक्रमणका कारण पूर्व सांसद एवं वामपन्थी नेता विष्णुबहादुर तामाङ (बिएल वाइवा) को निधन भएको छ।
सिरहाको कर्जन्हा नगरपालिका-५ निवासी पूर्व सांसद तामाङको झापाको दमकस्थित आम्दा अस्पतालमा उपचारका क्रममा बिहीबार राति निधन भएको हो।
उनी २०४८ सालको आम निर्वाचनमा सिरहा क्षेत्र नम्वर ५ बाट तत्कालिन संयुक्त जनमोर्चाबाट निर्वाचित भएका थिए।