April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

देशभर १८४२ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा

2K

काठमाडौं- देशभर हाल १ हजार ८ सय ४२ जना कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा छन्। १ हजार ४ सय ४४ आईसीयू र ३९८ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार १ हजार ८ सय ३१ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा थिए। 

प्रदेश १ मा २२१ आईसीयू र ५७ भेन्टिलेटरमा, प्रदेश २ मा ११३ आईसीयू र २२ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ७२६ आईसीयू र २५६ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा १३९ जना आईसीयू र २३ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १६९ जना आईसीयू र २५ जना भेन्टिलेटरमा, कर्णालीमा ४६ जना आईसीयू र ५ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ३० जना आईसीयू र १० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। 

Advertisement

कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा ५९६ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा छन्। 

सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १९ आईसीयू र ९ भेन्टिलेटरमा, श्री वीरेन्द्र अस्पताल छाउनीमा २० जना आईसीयू र ४ भेन्टिलेटरमा, वीर अस्पतालमा १४ आईसीयू र ५ भेन्टिलेटरमा, राष्ट्रिय ट्रमा सेन्टरमा १० आईसीयू र ६ भेन्टिलेटरमा, नेपाल प्रहरी अस्पतालमा ३० आईसीयू र २० भेन्टिलेटरमा छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २५ जना आईसीयू र २० भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा ४२ आईसीयू र १७ भेन्टिलेटरमा, पाटन अस्पतालमा २४ आईसीयू र १२ भेन्टिलेटरमा छन्। 

यस्तै निजामती कर्मचारी अस्पतालमा १५ जना आईसीयू र २ भेन्टिलेटरमा, भक्तपुर अस्पतालमा ६ आईसीयू र २ भेन्टिलेटरमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा ८७ जना आइसोलेसनमा छन्। 

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा १७ आईसीयू र ३ भेन्टिलेटरमा, ह्याम्स अस्पतालमा २० जना आईसीयू र १६ जना भेन्टिलेटरमा, नेपाल मेडिसिटी अस्पतालमा ५३ आईसीयू र २८ भेन्टिलेटरमा, स्टार अस्पतालमा १० आईसीयू र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

मनमोहन अस्पतालमा १० आईसीयू र २ भेन्टिलेटरमा, नेपाल मेकिडल कलेज शिक्षण अस्पतालमा १७ आईसीयू र ४ भेन्टिलेटरमा, काठमाडौं मेडिकल शिक्षण अस्पतालमा ११ आईसीयू र ६ भेन्टिलेटरमा, किस्ट अस्पतालमा १२ आईसीयू र ३ भेन्टिलेटरमा, नेपाल कोरिया मैत्री अस्पतालमा ९ आइसीयु र ४ भेन्टिलेटरमा र धुलिखेल अस्पतालमा ५९ आईसीयू र ७ भेन्टिलेटरमा छन्।