April 20, 2026, Monday
२०८३ बैशाख ७
1:37:26 pm

मौसम : पहाडी भेगमा वर्षाको सम्भावना

2.3K

काठमाडौं– अहिले देशमा पश्चिमीसँगै स्थानीय वायुको सामान्य प्रभावका कारण केही स्थानमा सामान्य बदली रहेको  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा सामान्यतया मौसम सफा रहने महाशाखाको दाबी छ। पहाडी भूभागका एक दुई स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Advertisement

आज राति पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ। प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।