June 16, 2021, Wednesday
२०७८ असार २
1:37:26 pm

२४ घण्टामा थपिए ६८२५ कोरोना संक्रमित, ७५ जनाको मृत्यु

140

काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोनाका ६८२५ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १८,५६२ पिसीआर र ३२११ ऐन्टिजेन गरी २१,७७३ नमुना परीक्षणमा ६८२५ जना संक्रमित थपिएका हुन् । बुधबारको तुलनामा बिहीबार १५ सय बढी संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा १२९, ललितपुरमा २९८ र काठमाडौंमा १६०३ जना गरी उपत्यकामा जम्मा २०३० जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकामा आज ५७४ जना बढी संक्रमित थपिएका हुन् । आज थपिएका ६८२५ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी ५९०४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ५९०४ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४ लाख ६७ हजार४६७ पुगेको छ । हालसम्म मुक्त हुनेको यो दर ८१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ७५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबारको तुलनामा मृत्यु हुनेको यो संख्या २६ जनाले कमी हो । आज मृत्यु भएका ७५ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ७६३० पुगेको छ ।

त्यसैगरी हाल देशैभरी १ लाख १ हजार ८३९ जना सक्रिय सक्रमित रहेका छन् । ती मध्ये देशैभरीका संस्थागत आइसोलेशनमा ६,९३० जना र होम आइसोलेशनमा ९४ हजार ९०९ जना रहेका छन् ।
मन्त्रालयका अनुसार हाल देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १४४४ जना र भेन्टिलेटरमा ३९८ जना उपचाररत छन् । बुधबारको तुलनामा बिहिबार भेन्टिलेटरमा उपचार गराउनेको संख्यामा वृद्दि भएको छ। साथै क्वारेन्टिनमा रहनेको संख्या ८३१ रहेको छ ।

नेपालमा हालसम्म पिसीआर प्रविधिबाट ३१ लाख ६ हजार ९३८ वटा नमुना परीक्षण गरिएको छ ।