June 19, 2021, Saturday
२०७८ असार ५
1:37:26 pm

चन्द्रागिरिमा पर्खाल भत्किँदा २ मजदुरको मृत्यु, २ जना घाइते

195

काठमाडौं- काठमाडौंकोचन्द्रागिरिमा निर्माणाधीन पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। 

चन्द्रागिरि नगरपालिका-१३ पुरानो नैकाप कंकालीमा बुधबार पर्खाल लगाउने क्रममा सोही पर्खाल भत्किँदा पुरिएकामध्ये दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेहरूमा उदयपुरका बेलका नगरपालिका–८ की ३५ वर्षीया सीता राई र मकवानपुरको राक्सिङ–९ का २० वर्षीय टेकबहादुर चेपाङ रहेको महानगरीय प्रहरी प्रभाग बलम्बुका इन्सपेक्टर गणेशचन्द्र कोइरालाले बताए।

उदयपुरकै कटारीका २१ वर्षीय मिलन तामाङ र धादिङ गल्छीका १८ वर्षीय हरि घले घाइते भएको कोइरालाले बताए।