April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

त्रिभुवन विमानस्थल भएर एक महिनामा १२ हजार यात्रु नेपाल भित्रिए, २३ हजार बाहिरिए

1.8K

काठमाडौं- मे महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै १२ हजार यात्रु नेपाल भित्रिएका छन्। अध्यागमन विभागले सार्वजनिक गरेको मे महिनाको तथ्यांकअनुसार १२ हजार ४०० जना नेपाल भित्रिएका हुन्।

जसमा एक हजार ४६८ जना विदेशी नागरिक र १० हजार ९३२ जना नेपाली नागरिक स्वदेश भित्रिएका छन्।     
     
यो एक महिनामा नेपाल भित्रनेभन्दा बाहिरिनेको तथ्यांक दोब्बर छ। सो अवधिमा २३ हजार १३५ बाहिरिएका छन्। बाहिरिनेमध्ये नौ हजार ९७७ विदेशी र १३ हजार १५८ जना नेपाली छन्।

अन्य महिनाको तुलनामा मेमा कम सङ्ख्यामा विदेशी नेपाल भित्रिएका छन्। कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका थिए।

Advertisement

विभागको तथ्यांकअनुसार अप्रिलमा १४४ देशबाट २२ हजार ४५० जना विदेशी नेपाल भित्रिएका थिए। यस्तै, गत अप्रिलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ५१ हजार ७७५ नेपाली विदेशिएका छन्।