April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

खोपका लागि राष्ट्रपतिको पहल सकारात्मक रहेको योगेश भट्टराईको टिप्पणी

1.6K

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप ल्याउन देखाएको सक्रियतालाई एमाले नेता योगेश भट्टराईले सकारात्मक कदम भनेका छन्।  राष्ट्रपति भण्डारीले अमेरिकादेखि चीनसम्मको सरकारलाई पत्र लेख्दै कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन आग्रह गरेकी हुन्।

नेता भट्टराईले ट्वीटरमार्फत राष्ट्रपतिको कदमलाई अन्यथा मान्न नहुने बताएका हुन्। सामाजिक सद्भाव, राष्ट्रिय एकता र जनचासोका विषयमा राष्ट्रपतिको अग्रसरताले सार्थक परिणाम आउँछ भने त्यसलाई अन्यथा मान्नुन नहुने उनको तर्क छ।

‘राजनीतिक विषयमा राष्ट्रपतिको अधिकार र सक्रियतालाई संविधानले नै सीमाबद्ध गरिदिएको छ,’ उनले भनेका छन्, ‘सामाजिक सद्भाव, राष्ट्रिय एकता र जनचासोका विषयमा राष्ट्रपतिको अग्रसरताले सार्थक परिणाम आउँछ भने त्यसलाई अन्यथा मान्नु हुन्न। खोपका लागि राष्ट्रपतिको सक्रियतालाई यसरी नै बुझ्ने की?’

Advertisement