June 16, 2021, Wednesday
२०७८ असार २
1:37:26 pm

सगरमाथाको २६ औं आरोहण रद्द गरी फर्किए कामीरिता

345

काठमाडौँ — आफ्नै कीर्तिमान तोड्दै हालै मात्र २५ औं पटक सगरमाथाको चुचुरोमा पाइला राखेर विश्व कीर्तिमान कायम गरी २६ औं पटकका लागि आरोहणको लागि आधारशिविर पुगेका कामीरिता शेर्पा मंगलबार काठमाडौं फर्किएका छन् । उनलाई काठमाडौं विमानस्थलमा परिवारले स्वागत गरेका छन् । स्वागतका लागि श्रीमती, छोरा लगायत उपस्थित थिए ।

कामीरिता वैशाख २४ गते आरोहीहरुका लागि बाटो बनाउँदै चुचुरोमा पुगेका थिए । त्यो उनको २५ औं पटकको सगरमाथा आरोहण थियो । एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गर्ने तयारीमा रहेका उनले काठमाडौं तीनचुलीमा रहेको आफ्नो परिवारको अनुरोधमा २६ औं पटकका लागि तय गरिएको आरोहण रद्द गरेका हुन् ।

यसअघि कामीरिताले सन् २००९, २०१०, २०१३ र २०१९ को वसन्तकालीन सगरमाथा आरोहण सिजनमा दोहोर्‍याएर सगरमाथा आरोहण गरेका थिए ।