काठमाडौं – नेपाल आदिवासी जनजाति महासंघले राष्ट्रपति र प्रधानमन्त्रीको संसद विघटनको कदम संसदमाथि कुठाराघात भएको भन्दै भत्र्सना गरेको छ ।
महासंघका अध्यक्ष जगत बहादुर बरामले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाली जनताको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रमाथि डकैत रुपमा प्रहार गर्दैै गरिएको संसद विघटन सार्वभौम नेपाली जनताको लागि दुर्भाग्य भएको ठहर गरेको बताएका छन् ।
‘बेमौसमी चुनाव घोषणा गरेर सम्पन्न गर्छु भन्नु मूर्खता हो,’ विज्ञप्तिमा लेखिएको छ, ‘सरकारको यो जनविरोधीे क्रियाकलापको हामी घोर विरोध गर्दछौं।’
राष्ट्रपति र प्रधानमन्त्रीको यस्तो कदमले जनताको राजनीतिप्रति अविश्वास पैदा भएको तथा अन्योल र अराजकता सिर्जना हुने भएकोले यसको विरुद्धमा आन्दोलन गर्नुको विकल्प नभएको भन्दै अलोकतान्त्रिक कार्यको प्रतिवाद गर्न सबै कटिवद्ध रहेको पनि अध्यक्ष बरामले बताएका छन् ।
