June 16, 2021, Wednesday
२०७८ असार २
1:37:26 pm

मौसम : अपराह्नतिर वर्षाको सम्भावना

280

काठमाडौं– जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १ र प्रदेश २ का साथै देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रने तथा तराईका केही भू–भागमा आंशिक बदली रहने महाशाखाको भनाइ छ।

प्रदेश १ का पहाडी भू–भागका केही स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोसमेत महाशाखाले बताएको छ।

राति देशका केही स्थानमा  सामान्य बदली रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले अपराह्नतिर वर्षाको सम्भावना देखिएको महाशाखाको भनाइ छ।