February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

तातोपानी नाकाबाट दैनिक रुपमा अक्सिजन सिलिन्डर आयात

2.9K

काठमाडौँ– चीन सरकारले अनुदानमा दिने भनिएको अक्सिजत सिलिन्डरलगायत स्वास्थ्य सामग्री पर्याप्त मात्रामा आउन ढिलाई भइरहेका बेला निजी क्षेत्रले भने तातोपानी नाका हुँदै दैनिक रुपमा अक्सिजन सिलिन्डर आयात गर्न थालेका छन् ।

सिल्क ट्रान्सपोर्ट कम्पनीका अध्यक्ष तथा व्यावसायी रमेश शेर्पाका अनुसार ब्यापारीहरुले व्यापारीका प्रयोजनका लागि दैनिक रुपमा सिलिन्डर आयात गर्न लागेका हुन् । अध्यक्ष शेर्पाले भने, ‘अहिले हामीले ब्यापारीको प्रयोजनका लागि दैनिक रुपमा अक्सिजन सिलिन्डरलगायत स्वास्थ्य सामाग्री आयात गरिरहेका छौं । बजारको माग र आवश्यक्ता अनुसार यो क्रम निरन्तर रहने छ ।’

नेपालमा कोभिड–१९ का बिरामी अत्यधिक बढेपछि चीनबाट नेपाली व्यापारीहरूले दैनिक अक्सिजन सिलिन्डर आयात गर्न थालेका हुन् ।तातोपानी भन्सार कार्यालयका प्रमुख नारदमणि गौतमका अनुसार चीनबाट बुधबार मात्र ४० लिटर क्षमताको ५६० थान अक्सिजन सिलिन्डर आयात भएको थियो । त्यसैगरी मङ्गलबार ४० लिटर क्षमताको ६८० थान अक्सिजन सिलिन्डर चीनबाट आयात भएको छ ।

Advertisement

पहिलो पटक चीनबाट सोमबार १० लिटर क्षमताको दुई हजार पाँच सय थान अक्सिजन सिलिन्डर चीनबाट तातोपानी भन्सार कार्यालयमा आयात भएको थियो । आयात भएका अक्सिजन सिलिन्डरलाई राजधानी पठाइसकिएको प्रमुख गौतमले बताए ।