काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १९० जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका १९० जनासहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ८४७ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी २१,६९५ पिसीआर र ३९२ ऐन्टिजन गरी २२०८७ नमुना परीक्षणमा ८,३०५ जना नयाँ संक्रमित थपिएका छन् ।
आज भक्तपुरमा २२९, ललितपुरमा ४०३ र काठमाडौंमा २६०० गरी जम्मा ३२३२ संक्रमित थपिएका छन् । आज थपिएका ८,३०५ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशैभरी ६,५४३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ६,५४३ जनासँगै हालसम्म संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको छ ।
त्यसैगरी हाल देशैभरी १ लाख १५ हजार ८५२ जना सक्रिय सक्रमित रहेका छन् । ती मध्ये देशैभरीका संस्थागत आइसोलेशनमा ७, ८१४ जना र होम आइसोलेशनमा १ लाख ८ हजार ३८ जना रहेका छन् ।
मन्त्रालयका अनुसार हाल देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १७४८ जना र भेन्टिलेटरमा ४९२ जना उपचाररत छन् ।
त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट २८ लाख ५५ हजार ७९३ वटा नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म पहिलो २१ लाख १३ हजार ८० जनाले पहिलो चरणको खोप लिइसकेका छन् भने दोस्रो चरणको खोप लगाउनेको संख्या ४ लाख २६ हजार ५१० पुगेको छ ।