March 20, 2025, Thursday
२०८१ चैत्र ७
1:37:26 pm

चार्टर्ड उडानमा नेपालीले पनि यात्रा गर्न पाउने

3K

काठमाडौं– सरकारले विदेशी नागरिका लागि भन्दै खुला गरेकाे चार्टर्ड उडानमा नेपालीलाई पनि यात्रा गर्न दिने निर्णय गरेकाे छ।

केही समयअगाडि नेपालमा अलपत्र परेका विदेशी नागरिककाे उद्धारमा चार्टर्ड उडान गर्न दिने निर्णय भएकाे थियाे। साेही अनुसार नेपालमा रहेका ८ सय २४ भारतीय नागरिक मंगलबार मात्रै साउदी अरब पुगेका थिए।

यसैगरी, कतार एयरवेजकाे २ उडान  र टर्किस एयर वेजमार्फत अमेरिका तथा अन्य देशका नागरिकले नेपाल छाेडेका थिए।

Advertisement

यो निर्णयसँगै अब नेपालमा बिदामा आएका विद्यार्थी तथा विभिन्न मुलुकमा काम गर्ने कामदारलगायत नेपाली राहदानी भएकाले चार्टर उडानमा विदेश जान बाटो खुला भएकाे छ।

दूतावासको अनुरोधमा अब हुन लागेका चार वटा उडानबाट पनि विभिन्न मुलुक जान चाहने नेपालीले टिकट खरिद गर्न सक्ने छन।

याे निर्णयका करण छुट्टी मनाउन नेपाल आएर रोकिएका नेपालीलाई  सजिलो हुनेछ।  त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्ठयन मन्त्रालयले जेठ १८ गतेदेखि पूर्वमा चीन, मलेसिया र पश्चिममा दोहा नियमित उडान सुचारु गर्ने तयारी गरेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण महानिर्देशक राजन पाेखरेलले पनि उद्धार उडानमा नेपालीले पनि यात्रा गर्न पाउने गरि  मन्त्रिस्तरीय निर्णय भएर आएकाे र आजैदेखि लागू हुने जानकारी दिए।