March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

आजदेखि ललितपुरमा भेरोसेलको दोस्रो डोज

1.7K

काठमाडौं– ललितपुर महानगरपालिकाभित्र आज (बिहीबार) देखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गरिने भएको छ।

खोप लगाउनका लागि ललितपुर महानगरले  विभिन्न २९ ठाउँमा केन्द्र तोकिएको छ। नगरका सबै वडामा केन्द्र तोकेर खोप लगाउने समय तय गरिएको महानगरपालिकाले जनाएको छ। 

शनिवारबाहेक १३ गतेसम्म आफूलाई पायक पर्ने ठाउँमा गएर खोप लगाउन सकिनेछ ।

Advertisement

कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज दिन लागिएको हो।

४८ हजार ७ सयभन्दा धेरैले पहिलो डोज लगाएको ललितपुर महानगरपालिकाको तथ्यांक छ।

दोस्रो डोज लगाउनका लागि पहिलो डोज खोप लगाएको कार्ड लिएर जानुपर्छ।