काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २४६ जनासहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६५७ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ८,१७३ जना नयाँ संक्रमित थपिएका छन् । आज भक्तपुरमा २२८, ललितपुरमा २७०, काठमाडौंमा १९८८ गरी जम्मा २४८६ संक्रमित थपिएका छन् । आज थपिएका ८,२०३ जनासँगै हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ८० हजार ५२७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशैभरी ७,९८९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ७९८९जनासँगै हालसम्म संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ६० हजार ४०३ पुगेको छ ।