January 20, 2026, Tuesday
२०८२ माघ ६
1:37:26 pm

सेरमका कारण नेपालमा खोप अभियान अलपत्र

3.7K

काठमाडौँ – कोरोना भाइरस संक्रमणविरुद्धको कोभिशिल्ड खोप उत्पादन गरिरहेको भारतीय खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटले तत्काल खोप निर्यात गर्न नसक्ने जनाएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै भारतको खोप अभियानलाई प्राथमिकतामा राखेकाले तत्काल अन्य देशमा खोप निर्यात नगर्ने स्पष्ट पारेको हो ।

‘हामीले खोप उत्पादन क्षमता वृद्धि गर्दै भारतलाई प्राथमिकतामा राख्नेछौं,’ सिरमका प्रमुख कार्यकारी अधिकृत अदार पुनावालाले बिज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो वर्षको अन्त्यसम्ममा कोभ्याक्स र अन्य मुलुकलाई खोप उपलब्ध गराउन सक्ने अपेक्षा गरेका छौं ।’

mostbet

आफ्नो देशका नागरिकको जीवनलाई जोखिममा राखेर कोभिड–१९ विरुद्धको खोप निर्यात गरिएको भन्दै विरोध भएपछि सेरमले विज्ञप्ति नै निकालेर यस्तो बताएको हो । खोप खरिदका लागि रकम बुझाइसकेका देशको विषयमा सेरमले प्रष्ट रुपमा उल्लेख गरेको छैन् ।

Advertisement

भारत सरकारले अहिले खोप निर्यातमा रोक लगाएको छ । कम्पनीले सन् २०२१ को अन्त्यसम्ममा मात्रै अन्य देशमा खोप निर्यात गर्न सकिने बताएको छ । यो संगै नेपालको खोप अभियान प्रभावित हुने भएको छ ।

नेपालले सेरमबाट २० लाख डोज खोप खरीदका लागि रकम बुझाए पनि १० लाख डोज खोप अझै आउन सकेको छैन । कोरोना भाइरसको संक्रमणबाट जोगिने एकमात्र उपाय भनेको खोप नै हो भनेर विज्ञहरुले भनिरहेका छन् । तर, नेपालको ठूलो जनसंख्या खोपबाट बन्चित रहेको छ । यता पहिलो डोज कोभिशिल्ड खोप लगाएका ज्येष्ठ नागरिकहरुले दोस्रो डोज कहिले पाउने भन्ने पनि निश्चित छैन ।

गत फागुन २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएर ज्येष्ठ नागरिकका लागि खोप अभियान सुरु भएको थियो । यो अभियानमा हिमाली जिल्लाको ५५ वर्ष भन्दा माथिकालाई र बाँकी जिल्लाका ६५ वर्ष भन्दा माथिकालाई लगाइएको थियो ।

पहिलो डोज लगाएको ८ देखी १२ हप्ता सम्म खोपको प्रभावकारिता रहने विज्ञहरुले बताइरहदा त्यसबेला पहिलो डोज लगाएकाहरुको दोस्रो डोज लगाउन समय घर्किन थालेको छ । ज्येष्ठ नागरिकलाई भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप दिइएको थियो । सेरमको विज्ञप्तिसंगै नेपालको खोप अभियानमा अन्यौलता देखिएको छ ।