काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले कोभिड १९ को प्रभाव न्यूनीकरणका लागि विभिन्न कार्यहरु गरेको छ । मंगलबार नास्टले कोभिड १९सँग सम्बन्धित कार्ययोजनाहरु शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका सहकुलपति कृष्ण गोपाल श्रेष्ठलाई जानकारी गराएको छ ।
मन्त्रीलाई जानकारी गराइएको विवरणमा कोभिड १९ बारे अन्तरक्रिया, विज्ञहरुसँग संवाद तथा सचेतना कार्यक्रमहरु गरेको जनाइएको छ । हालको अबस्थामा प्रज्ञा-प्रतिष्ठानले करिब २ हप्तामै अक्सीजन भण्डारणका लागि सिलिण्डर निर्माण सम्पन्न गरि सो को परिक्षण समेत गर्न सक्ने प्रणाली विकास गरिसकेको बताइएको छ । यस प्रणालीको विकासबाटै देशभित्रै अक्सिजन भण्डारणका लागि सिलिण्डर उत्पादन गर्ने साथै आयातित सिलिण्डरहरुको समेत गुणस्तर परिक्षण गर्ने र कुनै उद्योगसँग सवन्वय गरी राष्ट्रिय क्षमता विकास गर्ने लक्ष्य नास्टले लिएको उल्लेख छ ।
यी हुन् कोभिड- १९ का सन्दर्भमा नास्ले मन्त्रीलाई बुझाएको कामको फेहरिस्ता :
Advertisement
आज मिति २०७८ साल जेठ ४ गते मंगलवार माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका सहकुलपति श्री कृष्ण गोपाल श्रेष्ठज्यूले प्रज्ञा प्रतिष्ठानले तयार पारेको कोभिड-१९ संग सम्बन्धित कार्य योजना र सो अनुरुप सञ्चालन भईरहेका विभिन्न गतिबिधि एबम क्रियाकलापहरुको स्थलगत निरिक्षण गरी उक्त कार्यहरुलाई अझ प्रभावकारी बनाउन र विकास गरिएका प्रविधिहरुलाई जनता समक्ष पु-याउन नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खेल्न सक्ने भूमिकाका बारेमा प्रज्ञाप्रतिष्ठानका पदाधिकारीहरु साथै उक्त कार्यमा प्रत्यक्ष रुपमा संलग्न हुनु भएका वैज्ञानिक, प्राविधिज्ञहरु सँग अन्तरक्रिया गर्नु भयो। उक्त अवसरमा हाल देशमा व्याप्त अक्सीजन सिलिण्डरको संकट समाधान गर्न प्रज्ञा प्रतिष्ठानले पछिल्लो समयमा निर्माण गरेको सिलिण्डरको क्षमता मापनका लागि गरिएको परिक्षणको समेत अवलोकन गर्नु भएको थियो।
उक्त निरिक्षणका क्रममा नेपाल बिज्ञान तथा प्रज्ञा प्रतिष्ठानले कोभिड-१९ को पहिलो चरण शुरु भए यता गरेका निम्नलिखित मुख्य कार्यहरुको विस्तृत जानकारी दिने काम भएको थियो ।
कोभिड-१९ को पहिलो प्रकोप पश्चात बन्दाबन्दी सुरु हुन पूर्व नै बहुपक्षिय विज्ञहरु तथा सरोकारबाला वैज्ञानिक, प्राविधिज्ञहरुको सहभागितामा एक वृहत अन्तरक्रियात्मक विज्ञान संवाद कार्यक्रमको आयोजना गरी सो बारेमा यस प्रतिष्ठानको श्रव्य-दृष्य ईकाई मार्फत सर्वसाधारणका लागि रेडियो, टेलिभिजन कार्यक्रम मार्फत सम्प्रेषण गरिएको थियो।
नाष्टमा हात निर्मलीकरणका लागि आवश्यक पर्ने Sanitizer उत्पादन सम्बन्धि प्रयोगात्मक तालिम सञ्चालन गरिएको थियो।
Analytical Service Center मार्फत विभिन्न संस्थाहरुले तयार पारेका Sanitizers र PPE को गुणस्तर परिक्षण गर्ने काम गरिएको थियो भने मास्कहरुको गुणस्तर अन्य संस्थाहरुको सहयोगमा प्रबिधि संकायले गरि सो को प्रतिवेदन प्रदान गर्ने कार्य सम्पन्न गरिएको थियो।
नेपाल सरकारले कोभिड-१९ संक्रमण न्यूनिकरणका लागि परिक्षण र रोकथामका सकारात्मक वैज्ञानिक प्रयासहरुमा बेलाबखतमा प्रश्न चिन्ह लगाउने खालका समाचारहरु तथा यस सँग सम्बन्धित भ्रामक प्रचार र समाचारहरु देशका विभिन्न सञ्चार माध्यमहरु तथा सामाजिक सञ्जालहरु मार्फत संप्रेषित हुँदै गर्दा त्यस्को वैज्ञानिक तथ्यहरुका आधारमा खण्डन वा सत्यता जाँच गर्ने र तदनुरुप नेपाल सरकारलाई सुझाव दिने एवं सर्ब-साधारणलाई जानकारी गराउने उदेश्यले ऐन प्रद्त्त यस प्रतिष्ठानको काम-कर्तव्यलाई स्थापित गराउन यस प्रतिष्ठान भित्र एक राष्ट्रिय विज्ञान, प्रविधि तथा नव-प्रवर्तन ज्ञानब्यबस्थापन केन्द्र(National STI KnowledgeManagement Center) स्थापना गर्न नेपाल सरकारको समर्थनका लागि एक अवधारणा पत्र तयार पारि प्रस्तुत गरिएको थियो।
नेपाल सरकारले कोभिड -१९ प्रतिरोधका लागि अग्र-पङ्तीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्त्तरगतका विशेषज्ञ एवं स्वास्थ्यकर्मीहरु रहेको अवस्थामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय समेतले शैक्षिक क्रियाकलाप सञ्चालन, कोभिड-१९ परिक्षण, वैज्ञानिक अनुसन्धान, प्रविधि विकास तथा नव-प्रवर्तन, वैज्ञानिक सूचना सम्प्रेषण तथा नीतिगत एवं श्रोत ब्यबस्थापनका लागि पूर्व विज्ञान प्रविधि तथा वातावरण मन्त्री तथा यस प्रतिष्ठानका सदभावना राजदुत ई. गणेश साहज्यूको संयोजकत्वमा गठित उच्च स्तरिय समिति अन्तरगत तिनवटा विधागत समितिहरुको संयोजन समेत नास्टका उपकुलपति लगाएत अन्य दुई प्राज्ञज्यूहरु गर्नुभएको छ। उक्त तिनवटै समितिहरु मार्फत अल्पकालिक, मध्यकालिक तथा दीर्घकालिक कार्ययोजना सहितका क्रियाकलापहरुको फेहरिस्त/प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रस्तुत भईसकेका छन।
प्रज्ञा प्रतिष्ठानको प्रविधि संकाय अन्तरगतको “समृद्धिका लागि नवप्रवर्तन केन्द्र” मार्फत Mobile swab collection boothe, Foot operated sanitizer dispenser, Portable hand washing system, Disinfection robot, N-95/99 Mask, Humanoid robot जस्ता बस्तुहरु निर्माण गरि प्रयोगमा ल्याईएका छन। सोहि क्रममा यस प्रज्ञा प्रतिष्ठानले विकास गरेको गुणस्तरिय मास्कलाई ब्यबसायिक उत्पादन र बजारीकरणका लागि Himalayan Accessories Pvt. Ltd. उद्योगसँग सम्झौता समेत गरिसकिएको छ भने उक्त कम्पनिसंगको सहकार्यमा नाष्टले डिजाइन, अनुसन्धान र बिकास अनुसार उक्त उद्योगले पुनर्प्रयोग गर्न सक्ने खालका KN95 र KN99 योग्य उत्पादन मास्क बजारमा छिट्टै आइपुग्ने गरि कार्य अघि बढाइएको छ।
कोभिड-१९ को प्रतिरोधका लागि प्रविधि विकाश तथा नव-प्रवर्तनका लागिविशेष गरी देशका युवाहरुबाट प्रस्ताव आह्वान गरि छनोट गरिएका १८ उत्कृष्ट परियोजनाहरुलाई गत वर्षनै वृत्ति प्रदान गरिएकोमा हाल त्यसको प्रतिफल स्वरुप देशभित्रै RT-PCR निर्माण, Thermographic system for mass surveillance बिकास, Dead body management robot, Disinfecting robot, Air disinfecting UV chamber, Robot for waste management आदिका निर्माण गरिएका छन् भने X-rays for COVID-19 diagnosis using Artificial Intelligence जस्ता प्रविधिहरु विकास गरिएका छन जसले कोभिडको प्रभाब न्यूनीकरण तथा प्रतिरोध गर्न सक्ने बिश्वास गरिएको छ। त्यस्तै गरि बन्दाबन्दीको प्रभाबलाई समेत केहि हद सम्म न्यूनीकरण गर्ने हेतुले केहि प्रविधिहरु समेत बिकास गर्ने गरि काम अघि बढाइएका छन ।
मुख्य रुपमा कोभिड-१९ प्रतिरोधका लागि नेपालका नवप्रवर्तक तथा तिनका नवप्रवर्तन उत्पादनहरुको अभिलेख राख्ने, उनीहरुबीच अन्तरक्रिया गराउने, उनीहरुका आवश्यकता पहिचान गर्ने र त्यसलाई सम्बोधन गर्ने ब्यक्ती वा संस्थाहरुसँग सम्पर्क स्थापित सञ्जाल निर्माणका लागि National Innovation Digital Network नामक वेभ पोर्टल सञ्चालनमा समेत ल्याईसकिएको छ।
कोभिड-१९ सम्बन्धि सचेतना कार्यक्रम संचालन गर्ने उदेश्यले देशभरिका बिज्ञान शिक्षकहरुलाई वेबिनार मार्फत बिज्ञान शिक्षणका अलाबा कोभिड र यसको प्रतिरोध सम्बन्धि बिभिन्न प्रस्तुति मार्फत कार्यक्रम संचालन गरिएको थियो।
यस प्रतिष्ठानको प्रस्ताब, नेपाल सरकारको सिफारिश र दक्षिण कोरियाको संचार मन्त्रालयको सहयोगमा “सुचना ज्ञान केन्द्र” स्थापना समेत भै सकेको छ भने कोभिड-१९ को प्रभाबमा यस केन्द्रको भूमिका अरु बढाउने र सुचना/ संदेश दिने उदेश्यले एक ICT प्रयोगशाला सहित एक मोबाइल बस समेत निर्माण निकट भविष्यमै सम्पन्न गर्ने गरि कार्य अघि बढाइएको छ ।
नेपालको आफ्नै स्याटेलाइट मार्फत स्वास्थ्य क्षेत्रमा अग्रणी भूमिका खेल्ने चिकित्सकहरुको नाम प्रसारण समेत गरेका थियौं।
हालको अबस्थामा प्रज्ञा-प्रतिष्ठानले करिब २ हप्तामै अक्सीजन भण्डारणका लागि सिलिण्डर निर्माण सम्पन्न गरि सो को परिक्षण समेत गर्न सक्ने प्रणाली विकास गरिसकेको छ। यस प्रणालीको विकास बाटै देशभित्रै अक्सिजन भण्डारणका लागि सिलिण्डर उत्पादन गर्ने साथै आयातित सिलिण्डरहरुको समेत गुणस्तर परिक्षण गर्ने र कुनै उद्योग संगको गरि राष्ट्रिय क्षमता विकास गर्ने हामीले लक्ष्य लिएका छौं ।
प्रज्ञा-प्रतिष्ठानका सहकुलपतिको हैसियतले माननीय मन्त्रीज्यूले प्रज्ञा-प्रतिष्ठानले यस कोभिड-१९ को वैश्वीक संकटको घडिमा राष्ट्रिय आवश्यकतालाई मनन गरि आफ्ना सिमित साधन स्रोतका बावजुद गरेको प्रयासको सराहना गर्नुका साथै यस्ता गतिविधिहरुलाई अझ घनिभुत रुपमा संचालन गर्न मन्त्रालयका तर्फबाट यस्ता प्रयासहरुमा हरसम्भव साथ र यथासक्य गर्ने सहयोग रहने समेत प्रतिवद्धता ब्यक्त गर्नुभयो।