November 18, 2025, Tuesday
२०८२ मंसिर २
1:37:26 pm

पूर्व सहसचिव सुवेदीको कोभिड–१९ संक्रमणबाट निधन

2.2K

काठमाडौं– नेपाल सरकारका पूर्व सहसचिव भरतराज सुवेदीको कोभिड–१९ संक्रमणबाट निधन भएको छ।

लामो समय राजस्व प्रशासनमा काम गरेका सुवेदी सेवा निवृत्त भएपछि अष्ट्रेलियामा बसोबास गरिरहेका थिए।

केही समय अघिमात्र परिवारका सदस्यसँग भेटघाट गर्न उनी काठमाडौँ आएका थिए।

Advertisement

संक्रमणपछि उपचारका लािग  ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका उनको अस्पतालमै निधन भएको हो।