January 20, 2026, Tuesday
२०८२ माघ ६
1:37:26 pm

ललितपुर महानगरमा जेठ ६ देखि भेरोसेलको दोस्रो डोज लगाउन सकिने

1.7K

काठमाडौं– ललितपुर महानगरपालिकाले पहिलो डोज भेरोसेल खोप लगाएकाहरुलाई दोस्रो डोज जेठ ६ गतेदेखि लगाउन शुरु गर्ने भएको छ। 

महानगरले जेठ ६ गतेदेखि १३ गतेसम्म दोस्रो चरणको खोप कार्यक्रम सञ्चालन गर्ने भएको हो। शनिबार भने खोप कार्यक्रम बन्द हुनेछ।

mostbet

खोप कार्यक्रम महानगरका २९ वटै वडाहरुमा सञ्चालन गरिने ललितपुर महानगरपालिकाले जनाएको छ।

Advertisement

त्यसका लागि वडामा उपलव्ध भ्याक्सिनेटर र स्वयंसेवक लगायतका आवश्यक जनशक्ति सयमवद्ध तरिकाले खटाउने प्रवन्ध सम्बन्धित वडाले मिलाउने महानगरले जनाएको छ। 

वैशाखको ५/६ गते पहिलो डोज लगाएकाले ६ गतेबाट खोप लगाउन सक्ने छन्। 

दोस्रो डोज लगाउनका लागि पहिलो डोज खोप लगाएको कार्ड लिएर जानुपर्छ।