March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

आज थप ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण

1.8K

काठमाडौं– नेपालमा थप ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशभर गरिएको एन्टिजेन र पीसीआर परीक्षणका क्रममा आइतबार थप ७ हजार ३ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १९ हजार ५ सय ३९ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ हजार ३ सय १६ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, सोही अवधिमा देशभर ३ सय ४४ जनाको एन्टिजेन परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए। एन्टिजेन परीक्षणबाट ५२ जनामा संक्रमण पुष्टि भएको हो।

Advertisement