काठमाडौं– देशभरको मौसममा सुधार आएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशका केही पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू–भागहरुमा आंशिक बदली रहने महाशाखाको भनाइ छ।
अपराह्नतरि देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।