March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

सिभिल अस्पताल अब १५० शय्याको कोभिड अस्पताल

2.5K

काठमाडौं– काठमाडौंको मीनभवनस्थित निजामति कर्मचारी (सिभिल) अस्पताल कोभिड अस्पतालमा रुपान्तरण गरिएको छ। १५० शय्याको अस्पताललाई कोभिड अस्पतालको रुपमा रुपान्तरण गरिएको हो।

बागमती प्रदेश सरकारअन्तर्गत जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंसँग भएको सम्झौता अनुसार अस्पताललाई कोभिडका बिरामीको उपचारका लागि रुपान्तरण गरिएको हो।

pinup pin up pin up pinup

यसका लागि बागमती प्रदेश सरकारले अस्पताललाई २ करोड २४ लाख ५० हजार रुपैयाँ अनुदान दिनेछ। अस्पतालले यो रकम  औषधि, उपकरण, भवन, जनशक्ति लगायतको व्यवस्थामा खर्च गर्ने जनाइएको छ ।

Advertisement

सम्झौताअनुसार अस्पतालले बिरामीको दैनिक अवस्थालाई विश्लेषण गरेर स्वास्थ्य कार्यालय काठमाडौंमा दैनिक रुपमा नै प्रतिवेदन पेस गर्ने छ।