June 16, 2021, Wednesday
२०७८ असार २
1:37:26 pm

शनिबारकाे माैसम पूर्वानुमान

530

काठमाडौँ – जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायु न्यून चापीय प्रणालीकाे प्रभावले  मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दक्षिण–पूर्व भूभाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभावले मौसममा बदली भएको हो । अहिले पहाडी भू–भागका केहि स्थान तथा प्रदेश १ को तराई भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने छ ।केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति प्रदेश १, प्रदेश २ तथा बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली र अरु क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ। देशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।