काठमाडौं– काेराेना राेकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले आज (बिहीबार) देखि अन्तर्राष्ट्रिय उडान बन्द गर्दै छ। तर, भारतकाे दिल्लीमा भने एयर बबल उडान सम्झौता अनुसार सातामा २ वटा उडान हुने छ। जसमा नेपाल एयरलाइन्सको १ र एयर इन्डियाकाे १ उडान हुने छ।
यसबाहेक सबै गन्तव्यकाे अन्तर्राष्ट्रिय उडान आज मध्यराति १२ बजेबाट बन्द हुने छ।
उडान बन्द हुने दिन अन्तर्राष्ट्रिय तर्फ ५१ वटा उडान तथा अवतरण हुने तालिका रहेकाे विमानस्थल कार्यलयका प्रमुख प्रतावबाबू तिवारीले जानकारी दिए।
उनका अनुसार २६ वटा उडान तथा २५ वटा अवतरण तय भएकाे छ।
अन्तर्राष्ट्रिय उडान बन्द भएपनि उद्धार तथा चार्टर उडान भने हुने छ।