May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

२२७ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

350

काठमाडौं – देशभर हाल २२७ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १८० आइसियु र ४७ जना भेन्टिलेटरमा गरी २ सय २७ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ११ आइसियु, प्रदेश २ मा ७ जना आइसियु, बागमती प्रदेशमा ७० जना आइसियु र ३२ जना भेन्टिलेटरमा छन्। गण्डकी प्रदेशमा १ जना आइसियु र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ६८ जना आइसियु र १० जना भेन्टिलेटरमा, कर्णालीमा १६ जना आइसियु र १ जना भेन्टिलेटरमा र सुदूरपश्चिम प्रदेशमा ७ जना आइसियु र ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। 

कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको १२ वटा अस्पतालमा गरी ८७ जना संक्रमित आइसियु र भेन्टिलेटरमा छन्। ३०१ जना आइसोलेसनमा छन्। 

सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १० आइसियु, ५ भेन्टिलेटर र ६६ जना आइसोलेसनमा छन्। श्री वीरेन्द्र अस्पताल, छाउनीमा १ जना आइसियु र १२ जना आइसोलेसनमा, वीर अस्पतालमा ४ आइसियु, ४ भेन्टिलेटर र २७ जना आइसोलेसनमा, नेपाल प्रहरी अस्पतालमा २ जना आइसियु र १२ जना आइसोलेसनमा छन्। 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ९ जना आइसियु, १० भेन्टिलेटरमा ४९ जना आइसोलेसनमा, त्रिवि शिक्षण अस्पतालमा ३ आइसियु, १ भेन्टिलेटर र ९ जना आइसोलेसनमा, पाटन अस्पतालमा ६ आइसियु, १० भेन्टिलेटर र ५१ जना आइसोलेसनमा छन्।