May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

एसियाकै प्रभावशाली युवाको सूचीमा गौरिका

370

काठमाडौँ – गौरिका सिंह प्रभावशाली युवाहरूको सूची ‘फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२१’ मा परेकी छन् । पौडीमा नेपालको प्रतिनिधित्व गर्दै विश्वमा नेपाललाई चिनाउदै आएकी उनी एसियाको प्रभावशाली युवाको सूचीमा परेकी हुन् ।

 विभिन्न विधामा विश्व विख्यात ब्यक्तिहरुको सूची सार्वजनिक गर्दै आएको चर्चित अमेरिकी म्यागजिन फोर्ब्सले मंगलबार सार्वजनिक गरेको ३० वर्षमुनिका प्रभावशाली  एसियन युवाको  सूचीमा गौरिका परेकी हुन् । उनी ‘इन्टरटेन्मेन्ट एन्ड स्पोर्ट्स’ तर्फ एसियाकै प्रभावशाली ३० युवामा परेकी हुन् ।

यो सूचीमा एसिया भित्रका ३० वर्षमुनिका ३० जना प्रभावशाली युवाहरू समेटिने गरिन्छ । यस बिधा अन्तरगत गायक गायिकाका साथै मनोरन्जन क्षेत्र र खेल क्षेत्रमा रहेकाहरुमध्येमा ३० वर्षमुनिका उत्कृष्टलाई राखिन्छ । यहि विधामा गत वर्ष नेपाली एमेच्योर गल्फर प्रतिमा शेर्पा परेकी थिइन् ।