May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

आज १२८१ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

350

काठमाडौं – पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ७००१ पिसीआर र ४४७ ऐन्टिऐजिन परीक्षणमा १२८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज थपिएका १२८१ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या २ लाख ८५ हजार ९०० पुगेको छ ।

त्यसैगरी आज देशैभरी २५५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २५५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ७५ हजार ५५५ रहेको छ । कोरोना संक्रमणबाट निको हुनेको दर ९६.४. प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको निधन भएको विवरण स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको छ । मन्त्रालयका अनुसार आज थपिएका ८ सहित नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ३०९१ पुगेको छ ।

त्यस्तै देशैभरी सक्रिय संक्रमितको संख्या ७२२५ रहेको छ भने ८१ जना क्वारेन्टिनमा रहेका छन् ।

नेपालमा हालसम्म देशैभरी पिसीआर प्रविधिबाट २३ लाख ५२ हजार ५०२ कोरोनाका नमुना परीक्षण गरिएको छ ।