May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

भिडभाड हुने स्थानहरूमा थप कडाइ गर्ने सरकारको निर्णय

335

काठमाडौँ – सरकारले बढी भिडभाड हुने स्थानहरूमा थप कडाइ गर्ने निर्णय गरेको छ । देशमा कोरोनाको नयाँ भेरियन्ट भित्रिएसँगै विज्ञहरूले थप कडाइ गर्न सरकारलाई सुझाएका थिए । आज बालुवाटारमा बसेको मन्त्री परिषद्को बैठकले विद्यालयहरू वैशाखको मसान्तसम्म बन्द गर्ने निर्णय गरेसँगै अन्य क्षेत्रलाई पनि कडा गर्ने निर्णय गरेको छ । 

सरकारले नयाँ भेरिएन्टसहितको कोभिड१९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी नियन्त्रणको आदेश २०७८ जारी गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदेश त्रिपाठीले बताए। उक्त आदेशमा यातायात, सार्वजनिक क्षेत्रमा २५ जनाभन्दा बढी भेला हुन नपाइने  रहेको छ । 
यस्तै, सरकारले कोरोनाको नियन्त्रण गर्नका लागी  सिनेमा हल, रात्रिकालीन मनोरञ्जन क्षेत्र, डान्स बार, क्लब, दोहोरी,  पार्टी प्यालेस, हेल्थ क्लब, , स्विमिङ पुल, सभा, आमसभा, जुलुस, हाटबजार, रङ्गशाला जस्ता क्षेत्रलाई पनि बन्द गर्ने निर्णय गरेको छ ।