May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

‘कोरोना छैन’ भनि डाँटेर भारतबाट नेपाल आएका एक पुरुषको कोरोनाकै कारण मृत्यु

470

काठमाडौं – १५ दिनअघि मात्रै भारतबाट फर्किएका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार दुल्लु नगरपालिका–२ का ३८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

भारतमै कोरोना संक्रमण भएको तर नेपालमा डाँटेर प्रवेश गरेको हुनाले उनी संक्रमित भएको कसैले थाहा नपाएको दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीले बताए । फोकल पर्सन रेग्मीका अनुसार उक्त मृतक पुरुषले कोरोना पोजेटिभ देखिएको रिपोर्ट फालेर गाँउ प्रवेश गरेको तर पछि रेकर्ड हेर्दा कोरोना देखिएको पाइयो ।

उक्त मृतक पुरुषसंग सहकार्यमा आएका व्यक्तिहरुलाई हाल तुरन्तै क्वारेन्टिनमा राखीएको छ ।