April 14, 2021, Wednesday
२०७८ बैशाख १
1:37:26 pm

नागढुङ्गाबाट स्रोत नखुलेको ४३ लाखसहित एक युवक पक्राउ

150

काठमाडौं : चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको ४३ लाख रुपैयाँसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङको तुल्सीपुर उपमहानगरपालिका-५ का ३७ वर्षीय सन्दिप कौशल रहेको प्रहरीले जानकारी दिएको छ।

शनिबार दाङको तुलसीपुरबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-०१-००६ ख ०९१२ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यात्रु हिँड्ने प्यासेजमा कार्टुनभित्र एक हजार दरका नोट ३ हजार ९०० थान र ५०० दरका नोट ८०० थान बरामद गरेको प्रहरीले जनाएको। साथै‚ छड्के तिलहरीको पोते माला नौ थान पनि बरामद भएको छ।

उक्त रकम दाङबाट भाइले पठाएको भनी लिन आएको अवस्थामा सन्दीपलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।