April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

सेती नदीमा डुबेर युवकको मृत्यु

255

डोटी- डोटीको सेती नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो एक युवकको मृत्यु भएको छ।

सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इञ्‍जिनियर पढ्दै गरेका दार्चुलाको मालिकार्जुन घर भएका १७ वर्षीय दीपेन्द्रसिंह धामीको डुबेर मृत्यु भएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए।

शिखर नगरपालिका-२ मुडेगाउँको कालागाडनजिकै रहेको धार्मिकस्थल सालमुनिमा पूजामा गएको समयमा सेती नदीमा पौडी खेल्ने क्रममा नदीभित्रको हिलोमा अड्किएर धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।रासस