चितवन – गैंडा गणनामा खटिएको हात्तीलाई जंगली हात्तीले लखेट्दा हात्तीबाट खसेर पाँच जना घाइते भएका छन्।
एक जना गम्भिर घाइते भएका छन् भने अरु चार जना सामान्य घाइते भएका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोषका गणक विनोद श्रेष्ठ गम्भीर घाइते भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए। अन्य घाइतेहरुको नाम नखुलेको उनको भनाइ छ।
‘गम्भीर घाइते विनोद श्रेष्ठलाई उपचारका लागि काठमाडौँ पठाइको छ’, उनले भने, ‘अन्य घाइतेहरुमा दुई जना माउते हुन्। अरु गणकहरु छन्।’
गम्भीर घाइतेलाई हेलिकप्टरमा काठमाडौँ पठाइएको उनले बताए। दुई जनाको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ। अन्यको सामान्य प्राथमिक उपचार भएको उनले बताए।