April 14, 2021, Wednesday
२०७८ बैशाख १
1:37:26 pm

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

155

काठमाडाैं – दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दाङको तुलसीपुरदेखि भालुवाङतर्फ जाँदै गरेको लु१ख ९८६३ नं को बस लमही–घोराही सडकखण्डको मुसोट नजिकै आज साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए। 

दुर्घटनामा रुपन्देही सैनामैनाका २८ वर्षीय यादव खनाल र लमही नगरपालिकाका २९ वर्षीय अतिराम चाैधरीको मृत्यु भएको दाङ जिल्ला प्रहरीले जानकारी दिएको हो।   

सो दुर्घटनामा दुई दर्जन बढी यात्रु घाइते भएकामा ६ गम्भीर घाइते रहेको उपरीक्षक चन्दले बताए।