काठमाडौं – पछिल्लो २४ घन्टामा देशभर १ सय ७९ जना कोरोना भाइरसमा नयाँ संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा ३ हजार ५ सय ६५ जनामा गरिएको पिसिआर परीक्षण १ सय ७९ जनामा नयाँ संक्रमण देखिएको हो।
यस्तै यही समयमा १ सय ११ जनाले कोरोनालाई जितेका छन्।
हाल देशभर ६१ जना क्वारेन्टाइनमा रहेका छन् भने १ हजार ६ सय ४७ जना संक्रिय संक्रमित रहेका विवरणमा उल्लेख गरिएको छ। आज संक्रमणका कारण कसैले पनि ज्यान गुमाएका छैनन्।