संखुुवासभा–संखुुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
को १ ख २८२४ नम्बरको बस धर्मदेवी नगरपालिका–४ को दोभान रिसोर्ट नजिक दुर्घटना भएको हो।
गाडी बाटोबाट २० मिटर तल खासेको प्रहरीले जनाएको छ।
गुल्म नम्बर ४ सशस्त्र प्रहरी बल चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरसहितको सुरक्षाकर्मीको सहयोगमा घाइतेलाई उपचारका लागि अस्पताल लैजाने तयारी गरिएकोे छ।
घाइतेलाई धरानस्थित बिपी मेमोरियल अस्पताल लैजान लागिएको सशस्त्र प्रहरी बल संखुुवासभाका प्रहरी नायब उपरीक्षक विशाल सिलवालले जानकारी दिए।