April 14, 2021, Wednesday
२०७८ बैशाख १
1:37:26 pm

आज देशभर १५२ जनामा कोरोना संक्रमण, १ जनाको निधन, ६५ जना निको

195

काठमाडौं – पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार २१३ नमुना परीक्षणमा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज सबैभन्दा बढी काठमाडौंमा ७३ जना, कास्कीमा १५ जना, ललितपुरमा ८ जना, दाङमा ७ जना तथा बागलुङ, भक्तपुर र चितवनमा ५\५ जना संक्रमित थपिएका हुन् ।

आज थपिएका १५२ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७७ हजार ४६१ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ६५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ६५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७२ हजार ८५१ पुगेको छ । निको हुनेको यो दर ९८.३ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट १ जनाको निधन भएको छ । आज थपिएका एकजनासँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३१ रहेको छ ।

त्यस्तै देशैभरी सक्रिय संक्रमितको संख्या १५७९ रहेको छ भने क्वारेन्टिनमा रहनेको संख्या ६३ रहेको छ ।

त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट २२ लाख ७५ हजार ५४० कोरोनाका नमुना परीक्षण गरिएको छ ।