April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौँ एक नम्बरमै यथावत्

615

काठमाडौं- विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौं पहिलो स्थानमा यथावत् रहेको छ। वर्ल्ड एयर क्वालिटी रिपोर्टमा काठमाडौं पहिलो नम्बरमा रहेको देखिएको हो।

पछिल्लो समय सार्वजनिक भएको प्रतिवेदनमा चीनकाे शेनयाङ दाेस्राे स्थानमा पुगेकाे छ। बंगलादेशकाे ढाका र भारतकाे काेलकाता क्रमश तेस्राे र चाैथाे स्थानमा छ।

यता म्यानमारकाे रंगुन र थाइल्याण्डकाे चीनङ्गमाई पाँचाै र छैठाैं स्थानमा रहेकाे छ। इटालिकाे मिलान, भारतकाे दिल्ली, पाकिस्तानकाे कराची र युक्रेनकाे किभ क्रमश: साताै, आठाैं, नाेवाैं र दशाैं स्थानमा छ।