April 14, 2021, Wednesday
२०७८ बैशाख १
1:37:26 pm

सरकारद्धारा ७७ वटै जिल्लामा भेला, सभा र जुलुस रोक्न निर्देशन

675

काठमाडौँ – सरकारद्धारा ७७ वटै जिल्लामा भेला, सभा र जुलुस रोक्न निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पत्रकार सम्मेलनमार्फत नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण फैलिएको भन्दै सबै जिल्लाभित्र भेला, सभा जुलुसहरु रोक्नका लागि ताकेतासहितको निर्देशन दिने निर्णय भएको जानकारी दिए ।

साथै उनले काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने तयारी गरिएको समेत जानकारी दिए ।सरकारले यसअघि नै नयाँ प्रजातिको कोरोना फैैलिनसक्ने भन्दै स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ ।