April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

३ हजार ९१९ को पिसिआर परीक्षण, १६२ मा काेराेना संक्रमण

360

काठमाडाैं- पछिल्लो २४ घण्टामा नेपालमा थप १६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ९१९ जनाको पिसिआर परीक्षण गर्दा १६२ जनामा काेराेना संक्रमण पुष्टि भएको हो।

यससँगै काेराेना संक्रमित कुल संख्या २ लाख ७७ हजार ३०९ पुगेको छ।

ती मध्ये २ लाख ७२ हजार ७८६ जना संक्रमणमुक्त भएका छन्। पछिल्लाे २४ घण्टमा काेराेना संक्रमणबाट कसैकाे मृत्यु भएकाे छैन। हालसम्म काेराेना संक्रमणबाट ३ हजार ३० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।