काठमाडौँ – बाँकेस्थित भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा १८ जना कोरोना सक्रमित थपिएका छन् ।
अस्पतालको ल्यावमा ४५ जनाको पीसीआर परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ । कोरोना संक्रमित हुनेहरुमा बाँकेका १३ जना, बर्दिया, जाजरकोट, कैलाली, ललितपुर र सुर्खेतका १–१ जना रहेका छन् ।
बाँकेमा आज आएको रिपार्टसँगै ४७३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४६४९ जना निको भएर घर फर्केका छन् । बाँकेमा जिल्ला भित्रका ५६ र जिल्ला बाहिरका ८८ गरि १४४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।