April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

बैतडीमा गोली लागेर एक जनाको मृत्यु

155

बैतडी- गोली लागेर गम्भीर घाइते भएका बैतडीका एक युवकको बुधबार मृत्यु भएको छ। मृत्यु हुनेमा मेलौली नगरपालिका-३ ढडौनका २५ वर्षीय लक्ष्मण चन्द रहेका बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।

गोली लागेर घाइते भएका चन्दको जिल्लामा उपचार हुन नसक्दा काठमाडौं रेफर गरिएको थियो। काठमाडौंमा पनि उपचार हुन नसक्ने भन्दै घर लैजान भनिएपछि अत्तरिया पुग्दा चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ।

चैत १४ गते घरमै रहेका बेला आफैंले बन्दुक चलाउँदा घाँटीमा गोली लागेर चन्द घाइते भएको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक अधिकारीका अनुसार चन्दको घरबाट बन्दुक बरामद गरिएको छ। उनले किन बन्दुक चलाए भन्नेबारे खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।