April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

आज १६७ जनामा संक्रमण, ३ जनाको मृत्यु

190

काठमाडौं – पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ३ हजार १४० नमुना परीक्षणमा १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज सबैभन्दा बढी काठमाडौंमा ७८, चितवनमा २२, कास्कीमा ३२, कैलालीमा १०, ललितपुरमा ७ संक्रमित थपिएका हुन् ।

आज थपिएका १६७ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७७ हजार १४७ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ११५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ११५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७२ हजार ७२७ पुगेको छ । निको हुनेको यो दर ९८.४ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ३ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका ३ जनासँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३० रहेको छ ।

त्यस्तै देशैभरी सक्रिय संक्रमितको संख्या १३८० रहेको छ भने क्वारेन्टिनमा रहनेको संख्या ५३ रहेको छ ।

त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट २२ लाख ६७ हजार ४०८ कोरोनाका नमुना परीक्षण गरिएको छ ।