काठमाडाैं- पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार १ सय २२ जनाको पिसिआर परीक्षण गर्दा १ सय ४१ जनामा कोरोना पुष्टि भएको हाे।
योसँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ९ सय ८० जना पुगेको छ। जसमध्ये १ हजार ३ सय ४१ जना सक्रिय संक्रमित छन्। नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ हजार २७ छ। हाल ५६ जना क्वारेन्टाइनमा छन्।
गत २४ घण्टामा ८२ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ६ सय १२ जना पुगेको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या मुलुकभर ३ हजार २७ रहेको छ ।