November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

जनआन्दोलन २०६२\६३ का घाइते मुकेश कायस्थलाई ‘बनेपा तारा’ सम्मान

3.7K

काभ्रेपलाञ्चोक–जनआन्दोलन २०६२\६३ का घाइते काभ्रेपलाञ्चोक बनेपाका मुकेश कायस्थलाई बनेपा नगरपालिकाले स्थापना दिवसका अवसर पारेर ‘बनेपा तारा’ पदकद्वारा सम्मान गरेको छ।

नगरपालिकाको स्थापना दिवसका अवसरमा शनिबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले नगद रु १० हजारसहित उनलाई ‘बनेपा तारा’ पदकबाट सम्मान गरेका हुन्।

बनेपा नगरपालिका–८ स्थायी घर भएका मुकेश विसं २०६२ चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागि अचेत भएका थिए।

Advertisement

नगरपालिकाले स्थापना दिवसकै अवसरमा अन्य विभिन्न व्यत्तिलाई समेत सम्मान गरेको छ।  नगरपालिकाका संस्थापक प्रमुख सुरेन्द्रबहादुर बादे श्रेष्ठलाई ‘बनेपा भाष्कर’ सम्मान प्रदान गरेको नगरपालिकाले इलाका प्रहरी कार्यालय बनेपाका तत्कालीन प्रमुख प्रहरी निरीक्षक (हाल प्रहरी नायब उपरीक्षक)  सुनिलजङ्ग शाह र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीलाई ‘बनेपा सेवा पदक’द्वारा सम्मानित गरेको छ। 

त्यस्तै नगरपालिकामा निरन्तर २५ वर्षसम्म सेवा प्रदान गर्ने ३० कर्मचारीलाई ‘बनेपा दीर्घसेवा’ सम्मानबाट सम्मान गरिएको थियो ।